=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


आत्मघाती गोलले पहिलो अभ्यास खेलमा नेपाल पराजीत

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२३, इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको तयारीका लागि थाइल्याण्ड पुगेको नेपाली यू २३ फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।

खेलमा नेपालले आत्मघाती गोल घरेलु टोलीलाई उपहार दिएपछि नेपाल पराजित भएको हो। नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।
एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि १० दिने विशेष प्रशिक्षणमा रहेको नेपाली टोलीमा २९ खेलाडी सहभागी छन्। एन्फाले साफ र एसियन गेम्सको तयारीका लागि भन्दै खेलाडीलाई थप अभ्यासका लागि थाइल्याण्ड पठाएको हो।

अब नेपालले दोस्रो अभ्यास खेल शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसँग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।

प्रकाशित : 8 August, 2018

प्रतिक्रिया दिनुहोस्