केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुताइको शैलीबाट थाहा पाउनुहोस आफ्नो स्वभाव

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२३, मानिसहरुको स्वभाव थाहा पाउन उसका विभिन्न क्रियाकलापहरुलाई नियाल्न सकिन्छ । हामी मासिहरुको क्रियाकलापहरुबाट उ कस्तो स्वभावको हो भन्ने कुरा अनुमान गर्न सक्छौँ । त्यसैगरि मानिसहरुको सुत्ने शैलीबाट पनि उसको स्वभाव कस्तो छ भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

समुद्र नामक ऋषिले लेखेको समुद्र शास्त्रमा मानिसहरुको सुत्ने शैलीबाट उसको स्वभाव थाहा पाउने तरिका बताइएको छ ।
उक्त शास्त्रका अनुसार कसरी सुत्ने मानिस कस्तो स्वभावका हुन्छन त, निम्मानुसार हेरौँ :
१) कोल्टे परेर सुत्ने : यस्ता मानिसहरु सजिलैसँग कुनै पनि वातावरणमा घुलमिल हुन सक्दैन् । मिठो खाना खान मन पराउने यस्ता मानिसहरु सफासुग्घर वातावरण चाहन्छन् ।

२) घोप्टो सुत्ने : घोप्टो सुत्ने मानिसहरु कुनै पनि जोखिम मोल्न चाहँदैनन् । कुनै पनि निर्णय गर्र्नु पर्दा यस्ता मानिसहरु निकै सोचविचार गर्ने गर्छन् । हत्तपत्त यस्ता मानिसहरु कसैलाई पनि विश्वास गर्दैनन् ।

३) उत्तानो परेर सुत्ने : उत्तानो परेर सुत्ने मानिसहरु आकर्षक व्यक्तित्वका धनि हुन्छन् । यस्ता मानिसहरु निडर र आत्मविश्वासी हुनुको साथै कुनै पनि समस्या चाँडै नै समाधान गर्न सक्ने क्षमता उनीहरुमा हुन्छ । यस्ता मानिसहरु समाजमा निकै चाँडो घुलमिल हुनुको साथै सबैका लोकप्रिय पनि हुन्छन् ।

४) शरीर खुम्च्याएर सुत्ने : यस्तो प्रकारले सुत्ने मानिसहरु कमजोर मनका हुन्छन् । उनीहरु एक्लै बस्न रुचाउने, अपरिचित मासिनहरुसँग खास्सै बोल्न मन नगर्ने स्वभावका हुन्छन् । यीनिहरु आवश्यकता भन्दा बढि नै डर मान्ने स्वभावका हुन्छन् । यस्ता मानिसहरु चाँडै नै लागुपदार्थको लतमा फस्ने सम्भावना हुन्छ ।

५) हातगोडा फैलाएर सुत्ने : यसरी सुत्ने मानिसहरु स्वतन्त्र रहन चाहन्छन् । यीनीहरु कसैको बन्धनमा र नियन्त्रणमा रहन सक्दैनन् । साथै यस्ता मानिसहरु सुन्दरता प्रति पनि चाँडै नै आकर्षित हुन्छन् ।

६) गोडा कसेर सुत्ने : दुवै गोडालाई जोल्ठ्याइ कसेर र ओड्नेले पुरै शरिर ढाकेर सुत्ने मानिसहरुको जीवन निकै संघर्षमय हुन्छ । यी मानिसहरुले जीवनमा निकै संघर्ष गर्नुपर्ने हुन्छ । तर यीनिहरुमा आफुलाई समय अनुसार ढाल्न सक्ने महत्वपूर्ण विशेषता भने रहेको हुन्छ । यस्ता मानिसहरु अन्य मानिसहरुसँग चाँडै नै घुलमिल हुन सक्छन् ।

प्रकाशित : 8 August, 2018

प्रतिक्रिया दिनुहोस्