केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनकपुर–जयनगर रेलमार्गको परीक्षण सुरु

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२४, जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर जनकपुर–जयनगर ब्रोडगेज रेलमागको परीक्षण सुरु भएको छ । आगामी डिसेम्बरदेखि जनकपुर–जयनगर रेल चनाउने तयारी सहित परीक्षण कार्य सुरु भएको हो ।

निर्माणकर्ता कम्पनीले सुरु गरेको परीक्षण कार्य अब बाँकि भागमा पनि चाँडै नै गर्ने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले डेढ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङ गर्न लागिएको छ ।

आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राखिने छ । भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ ।

प्रकाशित : 9 August, 2018

प्रतिक्रिया दिनुहोस्