केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिम टि.भीद्धारा मनोरञ्जनात्मक च्यानल थप, ग्राहकको सन्तुष्टी पहिलो प्राथमिकता

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२४, सिम टि.भी ले आफ्ना ग्राहकहरुका लागी थप मनोरञ्जन प्रदान गर्न नयाँ च्यानलहरु थप गरेको छ । सिम टि.भी ले ग्राहकहरुका लागी रमाइलो एच.डि, एक्सन स्पोर्टस् एच.डि, प्लस मुभि, जुनियर टि.भि, बलिउड बिट्स, सिने हिट्स र गुञ्जन जस्ता मनोरञ्जनात्मक च्यानलहरु थप गरेको हो ।

यी नयाँ मनोरञ्जनात्मक च्यानलहरुको माध्यमबाट सिम टि.भी का सम्पूर्ण ग्राहकहरुले देशभरका खेलकुदहरुको प्रत्यक्ष प्रशारण, नेपाली, हिन्दी सिनेमाका लोकप्रिय गीतहरु, नेपालका लोक भाकाहरु, बालबालिकाहरुका लागी कार्टुन तथा ज्ञानगुनका सामाग्रीहरु प्रशारण हुनेछन् ।

त्यस्तै सिम टि.भी अन्र्तगत थप गरिएको च्यानलहरुवाट नेपाली तथा नेपालीमा अनुवाद गरिएका हिन्दी हाँस्य टेलिश्रृङखलाहरु लगायतका विभिन्न रमाइला कार्यक्रमहरुबाट ग्राहकहले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

प्लस प्याकेज अन्तर्गत रहने सिम टि.भी का सम्पूर्ण च्यानलहरु हालका लागी ग्राहकहरुले निःशुल्क रुपमा हेर्न सक्ने व्यवस्था सिम टि.भीले मिलाएको छ । सिम टि.भीको रमाइलो एच.डि च्यानलमा नेपाली हाँस्य टेलिश्रृङखलाहरु माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि साथै नेपालीमा अनुवाद गरिएका हिन्दी टेलिश्रृंखला आनन्दी र जड्यौरी जस्ता रमाइला टेलिश्रृङखलाहरु पनि हेर्न सकिनेछ ।

त्यसैगरि एक्सन स्पोर्टस् एच.डि च्यानलमा नेपालभरका विभिन्न खेलकुदहरुको प्रत्यक्ष प्रशारण र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद कार्यक्रमहरु प्रशारण हुने छन् ।

प्लस मुभि च्यानलमा नेपाली सिनेमाहरु हेर्न सकिन्छ भने बलिउड बिट्स च्यानलमा हिन्दि सिनेमाका लोकप्रिय गीतहरु हेर्न सकिने छ । त्यसैगरि सिम टि.भीमा थपिएको जुनियर टि.भि च्यानलले भने बालबालिकाहरुका निमित्त कार्टुन तथा विभिन्न किसिमका ज्ञानगुनका सामाग्रीहरु प्रशारण गर्छ ।

साथै, गुञ्जन च्यानलमा नेपालका लोकभाकाहरु प्रशारण गरिन्छ भने सिने हिट्स नामक च्यानलमा नेपाली सिनेमा तथा पुराना गीतहरु हेर्न सकिने सिम टि.भीले जनाएको छ ।

प्रकाशित : 9 August, 2018

प्रतिक्रिया दिनुहोस्