आज नेप्से परिसुचकमा ६.६९ अंकको गिरावट

काठमाण्डौं । श्रावण–२४, बिहीबार नेप्से परिसुचकमा ६ दशमलव ६९ अंकको गिरावट आएको छ । साताको अन्तिम दिन बिहीबार पनि पूँजी बजारमा नेप्से परिसुचकमा ६ दशमलव ६९ अंकको गिरावट आउदा लगानीकर्ता दुखी बनेका हुन् ।
१ हजार १ सय ८७ दशमलव ४२ अंकबाट शुरु भएको कारोबार ६ दशमलव ६९ अंकले ओरालो लाग्दा नेप्से परिसुचक १ हजार १ सय ८० दशमलव ६३ अंकमा आइपुगेको छ ।
आज दिनभरमा १ सय ६३ कम्पनीहरुका ८ लाख ६९ हजार ३०७ कित्ताको सेयर किनबेच भएका छन् । जस अनुसार १९ करोड ६९ लाख ४५ हजार २ सय ३७ रुपैयाँको कारोबार भएको छ ।
बुधबार र मंगलबार भने शेयर बजारमा निकै कम अंकको गिरावट आएको थियो ।