केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भूपू मायालुको प्रसंसामा १ सय ४४ वाक्य लेख्नु पर्ने अदालतको आदेश

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२५, अमेरिकाको होनोलुलुस्थित एक अदालतले त्यहाँका एक युवकलाई पूर्व प्रेमिका माथि गरेको दुव्र्यवहारको सजाय स्वरुप पूर्व प्रेमिकाको प्रसंसामा १ सय ४४ वाक्य लेख्न आदेश दिएको छ । होनोलुका डारेन यंग नाम गरेका युवकले अपशब्द बोलेर अभद्र व्यवहार गरेको, १ सय ४४ वटा मेसेज पठाएर तथा फोन समेत गरेर दुःख दिएको भन्दै उनकी पूर्व प्रेमिकाले अदालतमा मुद्दा हालेपछि अदालतले यस्तो फैसला सुनाएको हो ।

उक्त युवकले लेख्नु पर्ने १ सय ४४ वटा वाक्यमा प्रत्येक वाक्य नयाँ हुनु पर्ने छ भने कुनै पनि कुरा दोहो¥याउन नपाउने अदालतले उल्लेख गरेको छ ।
अदालतले यो भन्दा पहिले पनि ती पूर्व प्रेमिकालाई कुनै पनि प्रकारले सम्पर्क गर्ने कोसिस नगर्न आदेश दिएको थियो ।

तर यंगले अदालतको आदेशलाई उल्लङघन गरी उनले एकै दिन एक घण्टा भित्र १ सय ४४ पटक फोनकल तथा मेसेज समेत गरेर ती युवतीलाई दिक्क लगाएपछि युवतीले अदालतमा यंग विरुद्ध अवहेलना मुद्दा हालिन् ।

अदालतमा अवहेलना मुद्दा परेपछि न्यायाधीसले यंग विरुद्ध १ सय ५७ दिनको जेल र २४ सय डलर जरिवानाको फैसला गरे । त्यतिले मात्र न्यायाधीसको रिस नमरेपछि उनले यंगको नाममा आदेश जारी गर्दै पूर्व प्रेमिकाको प्रसंसामा १ सय ४४ वाक्य लेख्नुपर्ने फैसला समेत गरेका हुन् ।

प्रकाशित : 10 August, 2018

प्रतिक्रिया दिनुहोस्