नोभेम्वर १४ मा नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाण्डौं । श्रावण–२५, नेपालले आगामी नोभेम्वर १४ मा अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। शुक्रवार भएको पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फाको प्रवक्ता किरण राईले नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल हुने जानकारी दिए।
आगामी नोभेम्वर १४ मा नेपाल र अफगानिस्तानबीच काठमाण्डौंमा नै मैत्रीपूर्ण खेल हुनेछ ।
अफगानिस्तानले सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिप जितेको थियो। त्यसको ५ वर्षपछि अफगानिस्तान नेपाल आउने भएको हो।
एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहाकार नविन पाण्डेको पहलमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल हुन लागेको प्रवक्ता राईले जानकारी दिए ।