केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के गाऊ के शहर जताततै डिशहोमको लहर !

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२५, सञ्चार मन्त्रालयले एनालग केबल बन्द गराएसँगै प्रदेश नं. १ मा डिश होमका ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । नेपालको पूर्वी क्षेत्रबाट सुरु गरिएको एनालग केवलको अनुगमन र स्वीच अफका कार्यहरुसँगै एनालग केवलहरुले सेटअप बक्स जडान गर्न थालेपछि सेटअप बक्स जडान गर्नु भन्दा डिश होम जोड्नु फाइदा देखेर मानिसहरु डिशहोम तर्फ आकर्षित भएका हुन ।

देशभरका एनालग केवलहरु बन्द गराएर डिजिटल प्रविधिमा रुपान्तरण गर्ने उद्देश्यका साथ सञ्चार मन्त्रालयले साउनको पहिलो हप्ता प्रदेश नं. १ का विभिन्न क्षेत्रमा अनुगमन गरि एनालग केवल बन्द गराएको छ ।

प्रदेश नं. १ मा पर्ने मोरङ, झापा, सुनसरी, तेह्रथुम, उदयपुर, धनकुटा, इलाम, खोटाङ, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, ताप्लेजुङ, भोजपुर लगायतका क्षेत्रमा एनालग टिभी बन्द भएपछि उक्त क्षेत्रमा डिश होमको जडान कार्य धमाधम बढिरहेको डिशहोम केन्द्रका विक्रेताहरुको भनाइ छ ।

सञ्चार मन्त्रालयबाट गत वैशाख १५ बाट नै सम्पूर्ण एनालग केवल सञ्चालकहरुलाई केवल बन्द गर्न पत्र पठाइएको थियो । सरकारले देशभर एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । तर पनि केवल व्यवसायीहरुको अटेरि पनाले गर्दा अन्ततः मन्त्रालय अनुगमनमा खट्न बाध्य भएको हो ।

सरकारले पूर्वी क्षेत्रबाट अनुगमन सुरु गरेसंगै देशभर चल्ने सम्पूर्ण एनालग टिभी अवैधानिक हुने घोषणा गरेपछि भने सम्पूर्ण एनालग केबलका ग्राहकहरुको ध्यान डिश होम तर्फ तानिएको देखिन्छ ।

केहि दिन अघि मात्र सिम्पल मिडिया नेटवर्क प्रा.लि खरिद गर्ने सम्झौता गरेको डिश मिडिया नेटवर्क लिमिटेडले हाल १ सय ५० भन्दा बढि च्यानलहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । २०७४ असार १८ गतेवाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको डिश होमले चाँडै नै सर्वसाधारणहरुका लागी शेयर समेत जारी गर्ने तयारी गरिरहेकोे छ ।

नयाँ प्रविधिको प्रयोगसँगै आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेशनमा र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कको लक्ष्य हो । २०२० सम्ममा सम्पूर्ण नेपालीहरुका घरघरमा डिश होम पु¥याउने उद्देश्यअनुसार काम भइरहेको डिश होम सञ्चालकहरुको भनाई छ ।

डिश होमले डिजिटल प्रविधिबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्दै जानु र सञ्चार मन्त्रालयले पनि तदारुकताका साथ देशभरका एनालग केवल बन्द गराउँदै जानुले मानिसहरुको ध्यान डिश होम तर्फ केन्द्रित गराउदै गएको छ ।

प्रकाशित : 10 August, 2018

प्रतिक्रिया दिनुहोस्