केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बार्सिलोना बिरुद्धको खेल बहिस्कार गर्ने सेभियाको चेतावनी

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२७, आज हुने स्पेनीस सुपर कपमा बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने सेभियाले चेतावनी दिएको छ ।
स्पेनिस फुटबल संघले शनिबार मात्र गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो । जबकी स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ ।

हरेक सिजनको शुरुवातमा खेलाइने यो खेलमा कोपा ला लिगा विजेता र कोपा डेल रे विजेता भिड्छन् । यो खेल मोरोक्कोको टान्जियरमा खेलाइँदै छ र पहिलो पटक यो एक लेगमा खेलाइनेछ ।
गत सिजन बार्सिलोनाले ला लिगा र कोपा डेल रे दुवै जितेको कारण कोपा डेल रेको उपविजेता सेभियाले यो खेल खेल्ने अवसर पाएको छ ।
सुपर कपको पूर्वसन्ध्यामा फुटबल संघबाट भएको घोषणा आश्चर्यजनक भएको सेभियाले बताएको छ । युरोप बाहिरका खेलाडीमा अर्टुरो भिडाल, माल्कम र आर्थर बार्सिलोनाको टोलीमा पर्ने सम्भावना छ भने मार्लोनलाई टोलीमा समावेश गरिने चर्चा छ ।

प्रकाशित : 12 August, 2018

प्रतिक्रिया दिनुहोस्