केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मृत बच्चालाई लिएर १७ दिनदेखि समुन्द्रमा घुमिरहेको छ ह्वेल

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२७, वासिङ्टनमा एक ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको भेटिएको छ । गत जुलाई २४ तारिखमा मृत्यु भएको बच्चालाई लिएर जे३५ नाम गरेको २० वर्षे ह्वेल १७ दिनदेखि समुन्द्रमा भौतारिरहेको देखिएको हो ।

समुन्द्री जीवको अध्ययन गर्ने माइकल मिलस्टिनका अनुसार शोधकर्ताले बुधबार उक्त ह्वेलको नाम जे३५ दिएको थियो । मिलस्टिनका अनुसार उक्त ह्वेललाई वासिङ्टनको ओलम्पिक पेनिन्सुला नजिकै आफ्नो मृत बच्चालाई बोक्दै घुमिरहेको देखिएको थियो ।

उक्त ह्वेलको बच्चा च्यापेको फोटो समेत खिचिएको छ, जुन हाल संसार भरि फैलिसहेको छ ।

माइकल मिलिस्टिनका अनुसार अर्को एक ह्वेलको बिरामी बच्चा पनि देखिएको छ । उक्त समूहले त्यसको खोजीमा जुटेको बताएको छ । ह्वेलको बिरामी बच्चा आफ्नो आमासँग बुधबार पौडी खेलिरहेको देखिएको थियो ।

प्रकाशित : 12 August, 2018

प्रतिक्रिया दिनुहोस्