केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाको हातमा

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२८, स्पेनिस सुपर कप २०१८ को उपाधि बार्सिलोनाले हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोल अन्तरले हराउँदै जित हात पारेको हो ।

बार्सिलोनाको जितमा मार्क एन्ड्रे टेर स्टेगेनले सेभियाको महत्वपूर्ण पेनाल्टी रोकेका थिए । सेभियाले अग्रता लिएर पनि पेनाल्टीमा गोल गर्न नसक्दा उपाधि गुमाउनुपर्यो ।

सेभियाका पाब्लो साराबियाले नवौं मिनेटमा नै गोल गरेका थिए । तर, पहिलो हाफको अन्त्यतिर जेरार्ड पिकेले बराबरी गोल फर्काए । खेलको ७८ औं मिनेटमा डेब्बेलेले गोल गरे ।

पेनाल्टीमा सेभियाका डेयरलाई बार्सिलोनाका किपर टेरस्टेगनले रोक्दै टिमलाई यो सिजनको पहिलो उपाधि जिताएका हुन ।

प्रकाशित : 13 August, 2018

प्रतिक्रिया दिनुहोस्