केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रूस र अमेरिकाबीच व्यापार युद्ध बढ्दै

सहयात्रा टिभी

 

एजेन्सी । श्रावण–२८, अमेरिकाले रुसलाई आर्थिक एवं व्यापारिक प्रतिबन्ध लगाएपछि रुस र अमेरिकाबीच व्यापार युद्ध बढेको छ । गत अगस्त २२ देखि अमेरिकाले रूसलाई आर्थिक प्रतिबन्ध घोषणा गरेको हो ।

अमेरिकाले रूसका पूर्वजासुस सर्गेई स्क्रिपल र उनकी छोरी युलियामाथि घातक नर्व एजेन्ट आक्रमण गरेको भन्दै  रूसलाई विदेशी सहयोगमा प्रतिबन्धका साथै सैन्य सामग्री पनि किनबेचमा प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले यसबाट लाखौं डलर बराबरको नोक्सानी हुने बताएको छ । अमेरिकाले यसबाट रूस तहसनहस हुने दाबी गरेको छ ।
रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले अमेरिकी प्रतिबन्धको आर्थिक एवं राजनीतिक रूपले सशक्त जवाफ दिने स्पष्ट पारेका छन् । रुसी प्रधानमन्त्री मेदभेदेभले बैंकिङ परिचालन वा कुनै पनि मुद्राको उपयोगमाथि प्रतिबन्ध लगाइनु नै आर्थिक युद्ध भएको बताएका छन् ।

प्रकाशित : 13 August, 2018

प्रतिक्रिया दिनुहोस्