केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के उमेरले चालिस पुग्नुभयो ? खानपानमा यसरी ध्यान दिनुस !!

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२८, मानव शरिरमा खानपानले निकै असर पु¥याएको हुन्छ । आजभोलिको समयमा मानिसहरुले खानपानमा राम्रोसँग ध्यान दिन नसक्दा र लापरबाहि गर्दा निकै समस्याहरु देखा पर्न थालेका छन् । युवा अवस्थामा त जे खाए पनि पचाउन सकिन्छ तर युवा अवस्थामा खानपानमा गरिएको लापरबाहिले उमेर ढल्कदैँ जाँदा असरहरु देखा पर्दै जान्छन् ।

पचाउन सक्ने क्षमता भए पनि केटाकेटि र युवा अवस्थाबाटै खानपानमा ध्यान दिनु जरुरी हुन्छ तर विशेष गरेर ४० वर्षको उमेरबाट भने खानामा निकै ध्यान दिनुपर्ने हुन्छ । यो समयमा खाने कुराहरुमा ध्यान पु¥याउन नसक्दा उमेर बढ्दै जाँदा विभिन्न समस्याहरु देखापर्दै जानथाल्छन् । यो उमेरपछि खानाहरु नपच्ने, खाएको खानाले नै नकारात्मक असार पार्ने र शरिरलाई बढि मात्रामा पोषण तत्वको पनि आवश्यता पर्दछ ।


यस उमेरमा निम्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ ।
१) आवश्यकता भन्दा बढि नखाने : यस उमेरमा खानाको परिमाणमा निकै ध्यान दिनुपर्छ । बाहिर खाँदा होस वा घरमा खाँदा आवश्यक मात्र खानुपर्छ । आवश्यकता भन्दा बढि खानाले खाना नपच्ने र अनेक समस्या देखा पर्न सक्छ ।
२) पानी प्रशस्त मात्रामा पिउने : उमेर बढेसँगै मानिसहरुलाई तिर्खा कम लाग्ने वा तिर्खा लागेको वास्ता नहुने हुनसक्छ । ४० वर्ष कटेपछि पानी पिउनमा निकै जोड दिनुपर्छ । पानी पिउन नसके वा मन नलागेमा फलफुलको जुस, फ्याटको मात्रा कम भएको दुध आदि पिउन सकिन्छ ।

३) पारिवारिक माहोलमा खाने : खानालाई जबरजस्ती भन्दा पनि रमाइलो तरिकाले खानुपर्छ । खाना खाँदा पारिवारिक माहोलमा खानु राम्रो मानिन्छ । पारिवारिक माहोलमा खाना खाँदा नमिठो पनि मिठो लाग्छ । परिवारमा कोहि नभएमा साथिभाईहरुसँग बसेर भए पनि खाना खान सकिन्छ । यसबाट एक्लो पनको महशुस नहुनुको साथै खाना पनि राम्रोसँग खान सकिन्छ ।
४) उपयुक्त मरमसलाको प्रयोग गर्ने : बुढेस्काल लागेसँगै मानिसहरुको सुघ्ँने र स्वाद थाहा पाउने क्षमता पनि कमजोर हुँदै जान्छ । पहिले पहिले मिठो लागेका खानेकुराहरु पनि त्यस उमेरमा नमिठो लाग्न सक्छ । त्यसैले खाना बनाउँदा आवश्यकता अनुसार मिठो हुने गरिको मरमसलाको प्रयोग गर्नु पर्छ ।
५) खानामा विविधता राख्ने : बढ्दो उमेर सँगै मानिसको खाने क्षमतामा समेत र्‍हास आउने गर्छ । त्यसैले कम खानेकुरा खाने गर्नु पर्छ । व्यक्तिले एकै पटक धेरै खानेकुरा खानु भन्दा खानामा विविधता ल्याउन सक्दछन् । रंगीविरंगी तरकारीले प्लेट सजाएर पनि खानामा विविधता ल्याउन सकिन्छ ।

सामान्यतया हेर्दा आर्कषक देखिने यस्ता तरकारी कम फ्याट तथा लो क्यालोरीयुक्त हुनुका साथै फाइबरको राम्रो श्रोत हुने गर्छ । जसले खाना पचाउन मद्धत गर्नुका साथै शरीरलाई आवश्यक पोषण प्रदान गर्छ ।
६) न्युट्रिशन लेभल हेर्ने : प्याकेटको खानेकुरा खरीद गर्दा त्यसमा लेखिएको लेभलमा विशेष ध्यान दिनुपर्छ । त्यसमा उल्लेख गरिएका सोडियम, पोटासियम, फाइबर, क्यालोरी लगायतका सबै न्युट्रिसन फ्याक्ट हेरेर मात्र सामान किन्नुपर्छ ।
७) असुरक्षित खानाबाट बच्ने : विशेषगरी, सडेगलेको ,बासी, झिंगा भन्केको तथा दुषित खानेकुराले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । यस्ता खानेकुराहरुबाट सजग हुनपर्छ । खराब तेलमा पकाएको तथा असुरक्षित तरीकाले पकाएको खानेकुराले पनि स्वास्थयमा गम्भीर समस्या निम्त्याउन सक्ने हुदाँ त्यस्ता खानेकुरा खानबाट पनि बच्नु पर्छ । त्यसबाहेक नपाकेको, काचो खानेकुराले पनि स्वास्थ्यमा गम्भीर समस्या निम्तयाउन सक्ने हुँदा यी खानेकुरा खादाँ पनि विशेष सावधानी अपनाउनु पर्छ ।

प्रकाशित : 13 August, 2018

प्रतिक्रिया दिनुहोस्