केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चोरेर हवाइजहाज उडाउँदा दुर्घटना भई मृत्यु

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२८, हामीलाई साइकल, मोटरसाइकल र कार जस्ता सवारी साधनहरु समेत चोरी भएका घटनाहरु त प्रशस्त थाहा छन् । तर विश्वमा हवाइजहाज समेत चोरी हुन्छ भन्दा अनौठो लाग्न सक्छ तर यो वास्तविकता हो ।

गत शुक्रबार अमेरिकामा पार्किङ गरी राखिएको हवाइजहाज चोरी गरि उडाइएको छ । रिचर्ड रसल नाम गरेका एक एयरलाइन्सका कर्मचारीले सिएटल विमानस्थलमा पार्क गरेको यात्रु विमान चोरी गरी उडाएका हुन् ।
२९ वर्षका रसलले अनधिकृत रुपमा उक्त विमानभित्र प्रवेश गरी त्यसलाई उडाएर लगेको बताइएको छ ।

होरिजन एयरको क्यू ४०० नामक उक्त विमानलाई चोरी गरी उडाइएपछि दुई लडाकु विमानले त्यसलाई पछ्याएका थिए । लडाकु विमानले उक्त चोरी गरिएको हवाइजहाजलाई सुरक्षित विमानस्थलमा नै अवतरण गराउने प्रयत्न गरेपनि रसलले विमान निकै खतरनाक पारामा उडाइरहेका थिए ।

अन्तत : होरिजन केट्रोन टापुस्थित सैन्य इलाकाको नजिकै उक्त विमान दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परि रसलको पनि मृत्यु भएको छ ।

सिएटल एयरपोर्टबाट विमान लिएर उडेपछि यी व्यक्तिले ९० मिनेटसम्म हावामा स्टन्ट गरेको र त्यसपछि केट्रोन द्वीपमा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । विमान उडाइरहेको क्रममा एयर ट्राफिक कन्ट्रोलरसँग भएको कुराकानीमा विमान उडाउने आफ्नो क्षमता देखेर आश्यर्चमा परेको बताउँदै उनले आफ्ना साथी र आफन्तसँग माफी मागेका थिए ।

प्रकाशित : 13 August, 2018

प्रतिक्रिया दिनुहोस्