केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विमान दुर्घटनाबाट अद्‍भूत रूपमा बाँचेका बालक

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२८, ईण्डोनेशियामा सबैको ज्यान जानेगरि भएको एक विमान दुर्घटनामा एक बालक भने अद्‍भूत रुपमा बाँचेका छन् । आइतवार बिहान पपुआ न्यू गिनीसँगको सीमा नजिकै रहेको एउटा पहाडी क्षेत्रमा भएको विमान दुर्घटनाको भग्नावशेषमा १२ वर्षीय बालक जिवितै फेला परेका हुन् ।

दई जना चालक दलका सदस्य सहित ९ जना सवार उक्त विमानमा ८ जनाको मृत्यु हुँदा उक्त बालक भने जिवित नै रहेको पाइएको छ । ट्जरल्याण्डमा निर्मित पिलाटुस विमानको उडिरहेको अवस्थामै शनिवार दिउँसो एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो।

भाडामा हवाईजहाज उपलब्ध गराउने निजी कम्पनी डिमोनिम एअर टन्ना मेरा भन्ने स्थानबाट ४० मिनेट दक्षिणतर्फ पपुआ प्रान्तमा रहेको ओक्सिबिलतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनाको कारणबारे छानबिन थालिने अधिकारीहरूले बताएका छन्।

प्रकाशित : 13 August, 2018

प्रतिक्रिया दिनुहोस्