केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११ हजार भोल्टको करेन्टले पनि नछुने मानिस

सहयात्रा टिभी

एजेन्सी । श्रावण–३०, करेन्ट भन्ना साथ नै हामी डराउने गर्छौँ । हुन पनि हो करेन्ट लागेर मानिसहरुले ज्यान गुमाएका घटनाहरु बेलाबेलामा आइरहेकै हुन्छ । करेन्ट लागेपछि ज्यान नै नगए पनि दिर्घकालमा त्यसले शारिरीक र मानसिक समस्या निम्तन सक्छ ।

एउटा मानिसको ज्यान लिनका निमित्त जम्मा २७०० भोल्टको करेन्ट भए काफि हुन्छ । तर एक त्यस्ता मानिस भेटिएका छन्, जसलाई ११ हजार भोल्टको करेन्टले पनि छुन सक्दैन ।
भारतको हरियाणस्थित सोनीपतमा बस्ने १९ वर्षका दीपक जांगडालाई ११ हजार भोल्टको करेन्ट लगाइदिँदा पनि कुनै असर देखापर्दैन ।

दीपकले छातीमा करेन्ट लगाएर कयौंपटक प्रयोग गरी आफुलाई करेन्टले असर नपार्ने प्रमाणित गरिसकेका छन्।

सामान्यतया ११ हजार भोल्टले ५ सय घरको लागी बिजुली पुग्दछ । यति बढि विद्युतिय शक्तिले पनि आफुलाई असर नपारेपछि दीपकले आफ्नो रगत समेत परीक्षण गराएका छन् तर परीक्षणमा सबै सामान्य रहेको पाइएको छ ।
उनले आजभन्दा तीन वर्ष पहिले घरको बिग्रिएको हिटर बनाउँदा नाङ्गो हातले विद्युत बहिरहेको तार छुन पुग्दा पनि करेन्ट नलागेपछि आफुमा यस्तो अद्भुत क्षमता भएको थाहा पाएका थिए ।
दीपक आफुमा भएको यस्तो क्षमतालाई भगवानले दिएको शक्ति वा बरदान मान्छन् । र दुनियाँमा अन्य कसैसँग नभएको शक्ति आफुमा भएकाले उनी आफु दुनियाँकै भाग्यमानि मानिस भएको महशुस गर्छन ।

प्रकाशित : 15 August, 2018

प्रतिक्रिया दिनुहोस्