केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के बच्चाको व्यक्तित्व विकास कसरी गर्ने सोचिरहनु् भएको छ ? पढ्नुहोस् यी ५ उपाय

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३०, भनिन्छ, बालबालिकाहरु काँचो माटो हुन्, यिनिहरुलाई जस्तो बनाउन सक्यो त्यस्तै बन्छन् । त्यसैले बालबालिकाहरुको व्यक्तित्व विकासका निम्ति उनीहरुको अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने हुन्छ । बालबालिकाहरुको लागी घर नै पहिलो शिक्षा हो । घरमा जस्तो वातावरण भयो बच्चाहरुमा त्यहि किसिमको स्वभाव र आचरणहरुको विकास हुँदै जान्छ । त्यसैले प्रत्येक आमाबुवा वा बच्चाका अभिभावकहरुले घरमा बच्चाहरुको लागी कस्तो बातावरण तयार गर्ने, कस्तो शिक्षा र स्वभाव सिकाउने, बच्चाहरुको अगाडि के गर्ने र के नगर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ


विशेषतः अभिभावकहरुले आफ्ना बच्चाहरुको व्यक्तित्व विकासका निम्ति निम्न कुराहरुमा ध्यान दिनु राम्रो हुन्छ :

१) बच्चाहरुलाई प्राय खुसी राख्ने प्रयास गर्ने : बालबालिकाहरुलाई जहिले पनि खुसी बनाउने प्रयत्न गर्नुपर्छ । खुसी र प्रफुल्ल मानिसको सोचाइ पनि सकारात्मक हुनुको साथै खुसी भइरहँदा साना साना कुराहरुमा जिद्दि र रिस देखाउने बानि बस्दैन् । हप्ताको एक दिन घुमाउन लग्ने, समय मिलाएर उनीहरुको रुचि अनुसारको खेल खेल्न दिने वा अन्य कुनै पनि तरिकाबाट हरबखत उनीहरुलाई खुसी राख्ने प्रयास गर्नु पर्छ ।
२) बच्चाको अगाडी शिष्ट भाषाको प्रयोग : बच्चाहरु ठूला मानिसहरुका कुराबाट निकै प्रभावित हुने गर्छन् । ठूला मानिसहरुले जे बोल्यो बच्चाहरुले त्यहि सिकिरहेका हुन्छन् । त्यसैले बच्चाहरुसँग कुरा गर्दा होस् अथवा उनीहरुको अगाडि अरु कसैसँग कुरा गर्दा शिष्ट भाषाको प्रयोग गर्नुपर्छ । ठूला मानिसहरुले शिष्ट भाषको प्रयोग गरेपछि बच्चाहरुले पनि अशिष्ट र असभ्य भाषा र व्यवहार सिक्न सक्दैनन् र सँधै राम्रो शिष्ट भाषाको प्रयोग गर्छन् ।
३) बच्चाहरुलाई अनावश्यक बढि गालि नगर्नु : बच्चाहरुले बढि मात्रामा गालि र रुख्खो बोलि सुनिरहे भने उनीहरु पनि पछि रुख्खो र झर्कने स्वभावका हुन सक्छन् । बच्चाहरु चकचके हुने हुँदा उनीहरुबाट गल्ति भइरहेको हुन सक्छ । स–साना गल्ति गर्दा पनि केहि अभिभावकहरु बच्चालाई कुट्ने, पिट्ने गर्दछन् । यस्तो बानिले बच्चाहरुमा नकारात्मक र मनोवैज्ञानिक असर पर्दछ, त्यसैले गल्ति गरेपनि विस्तारै सम्झाउने, अब बाट यस्तो गर्नु हुँदैन भन्ने किसिमको राम्रो शिक्षा दिनुपर्छ ।
४) बच्चाको मनोविज्ञान अनुसार व्यवहार गर्ने : बच्चा र ठूला मानिसहरुको स्वभाव, विचार मिल्दैन् । उनीहरु निकै जिज्ञासु स्वभावका हुन्छन् । हरेक कुरा भनेर भन्दा पनि भोगेरै बुझ्न खोज्ने वा किन, कसरी जस्ता प्रश्नहरु गरिरहन्छन् । ठूला मानिसहरुले उनीहरुको मनोविज्ञान अनुसारको व्यवहार गरिदिनुपर्छ । उनीहरुसँग झर्को मान्ने गर्नुहुँदैन् । साथै उनीहरुको चाहना अनुसारको बातावरण अभिभावकहरुले पनि घरमा तयार गर्न सक्नुपर्छ ।
५) बच्चाहरुलाई अन्य बच्चाहरुसँग तुलना नगर्ने : प्राय अभिभावकहरुले आफ्ना बच्चा कुनै पनि क्रियाकलापमा अथवा पढाइमा अन्य बच्चाहरुसँग तुलाना गरि उनीहरलाई पनि अरु बच्चाहरुले जस्तै राम्रो गर्न दबाव दिने गर्छन । कुनै पनि बच्चाहरुलाई अन्य बच्चाहरुसँग तुलना गरेर कुरा गर्नु हुँदैन । त्यसले बच्चाहरुलाई दिर्घकालसम्म नकारात्मक असर पार्दछ ।

प्रकाशित : 15 August, 2018

प्रतिक्रिया दिनुहोस्