केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाहित महिलाले माइतिको थर प्रयोग गर्न पाउने

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३१, नयाँ मुलुकी एेनले विवाहित महिलाले माइतिको थर प्रयोग गर्न पाउने कानुनि अधिकार दिएको छ । मुलुकी एेन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलाले चाहे पति वा आफ्नो थर वा दुवै थर प्रयोग गर्न पाउने कानुनि अधिकार दिएको हो ।

यदि पतिको थर प्रयोग गरिरहेका महिलाहरुको पतिसँग सम्बन्धविच्छेद भए पुन उनीहरुले आफ्ना बुबाआमाको थर प्रयोग गर्न पाउने पनि कानुनमा उल्लेख गरिएको छ । यो ऐन भदौ १ गतेबाट लागु हुनेछ ।
देवानी कानुनले विवाहसम्बन्धी प्रवधानहरुमा पनि परिवर्तन गरेको छ । भादौ १ बाट लागु हुने गरि यस कानुनले विवाहका लागी २० वर्ष उमेर तोकेको छ । कसैले पनि पहिलो विवाहको सम्बन्ध विच्छेद नभइ अर्थात घरमा श्रीमान वा श्रीमति हुँदाहुँदै दोस्रो विवाह गरेमा उक्त विवाह रद्द हुने वा दर्ता नगरिने व्यवस्था गरिएको छ ।
देवानी कानुनले कुनै विदेशी महिला र पुरुषले नेपालमा विवाह गर्न चाहे नेपाली कानुन पालना गर्नुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित : 16 August, 2018

प्रतिक्रिया दिनुहोस्