केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काबुलको शैक्षिक संस्थामा आत्मघाती हमला हुँदा ४८ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । श्रावण–३१, अफगानिस्तानको राजधानी काबुलमा एक शैक्षिक संस्थामा भएको आत्मघाती बम विस्फोटनमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सो केन्द्रमा पढाइ हुँदै गर्दा छिरेका एक आत्मघाती आक्रमणकारीले आफ्नो पेटीमा भएको बम पड्काएका थिए।

घटनामा ६७ जना घाइते भएको जनाइएको छ । मृत्यु हुने अधिकाशं सोहि संस्थामा प्रवेश परिक्षाको तयारी गर्न आएका किशोर किशोरिहरु रहेको बताइएको छ ।

दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

प्रकाशित : 16 August, 2018

प्रतिक्रिया दिनुहोस्