केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाह पछि पनि पत्नी माइतमै बस्छिन्, पति प्रत्येक रात ससुराली जानुपर्ने

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३१, विश्वमा अनेकौँ जात, धर्म र संस्कार भएका मानिसहरु रहेका छन् । सबै मानिसहरुका आ–आफ्ना परम्परा र संस्कारहरु हुने गर्दछन् । विश्वका कतिपय मानिसहरुको परम्परा सुन्दा निकै अनौठो लाग्ने गर्छ ।

त्यस्तै चीनको युनान प्रान्तका मुसो आदिवासीमा निकै अनौठो वैवाहिक परम्परा प्रचलनमा रहेको छ । यो समुदायमा विवाह पछि बेहुली बेहुलाको घरमा जाने चलन छैन् । याहाँ विवाहपछि पनि पति पत्नी आ–आफ्नै घरमा बस्छन् ।
विवाह भइसकेपछि बेहुला र बेहुली आ–आफ्नै घरमा बस्छन र हरेक रात बेहुला अर्थात पति ससुराली जाने गर्छन् । पति रातमा ससुराली जाने र श्रीमतिसँग रात विताएपछि पुन विहान चाँडै आफ्नै घर फर्कन्छन् ।
उनीहरुको विवाहमा कुनै आर्थिक लेनदेन हुँदैन साथै उनीहरुको सम्बन्धबाट पत्नीले जन्माएको बच्चामा पनि पतिको कुनै अधिकार र कर्तव्य हुँदैन् ।

विवाहित ती महिलाले माइतमै जन्माएको बच्चा उसकै माइतिको अधिकार हुन्छ र उक्त बच्चाको पालनपोषण पनि माइतिले नै गर्छन् ।
यस्तो किसिमको विवाहमा ति दम्पतिलाई चित्त बुझेसम्म यो सम्बन्ध चलिरहन्छ र चित्त नबुझे सम्बन्ध रद्द गर्न पनि सक्छन् ।

प्रकाशित : 16 August, 2018

प्रतिक्रिया दिनुहोस्