केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज शेयर बजारमा सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–३१, आज शेयर बजारमा सामान्य अङ्कले वृद्धि भएको छ । आज कारोबार मापक नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०२ बिन्दुले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरीद बिक्री भएको छ । बैंकिङ ४. १ र उत्पादन ७७.३२ बिन्दुले बढेको छ ।
यस्तै व्यापार ३.७१, होटल २७.२५, विकास बैंक २.५३, जलविद्युत् १६.७७, फाइनान्स २.७५, निर्जीवन बीमा २०.७७, अन्य २.६४, माइक्रोफाइनान्स १३.७८ र जीवन बीमा २९.८७ बिन्दुले घटेका छन् ।

प्रकाशित : 16 August, 2018

प्रतिक्रिया दिनुहोस्