दशौँ कृति अवार्डसका लागी उत्कृष्ट पाँच घोषित (एजेन्सीको नामसहित)

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१, विज्ञापन व्यवसायी, मिडिया तथा विज्ञापनकर्मिहरुको साझा अवार्ड कार्यक्रम दशौं कृति अवार्ड २०७५ को लागी उत्कृष्ट पाँच एजेन्सी छनौटमा परेका छन् । विज्ञापन एजेन्सी संघ (आन) ले आयोजना गर्ने दशौं कृति अवार्ड २०७५ मा २८ विधामा ३९ वटा एजेन्सीले सहभागी जनाएको बुधबार होटल शंकरमा आयोजित एक कार्यक्रममार्फत जानकारी गराइएको हो । उक्त कृति अवार्डका लागी ३५३ वटा नोमिनेसन दर्ता भएकोमा १३४ वटा नोमिनेसन उत्कृष्ट पाँच छनौटमा परेका हुन् ।

उत्कृष्ट पाँचमा पर्ने एजेन्सीहरुमा अभानी एडभरटाइजिङ–१७, एएनएस क्रिएसन–१२, प्रिज्मार्क–१३, आउटरिच नेपाल–११, ओएस्टर–९, भिचित्र–९, मेकबेज–८, विजनेस एडभान्टेजर–७, कि एडरटाइजिङ–७, एड मिडिया–६, क्रियो कमुनिकेसन–४, लेमन–४, डिजिटल इन–३, एडी रिलिज–२, मार्स र प्रमोटर्स नेपाल–२/२ विधामा मनोनयनमा परेका छन् । त्यसैगरि मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन, एसपी, इको, टेक, अक्षय, वेलकम १/१ विधामा मनोनयनमा परेका छन् ।

दशौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाइमा सिजि सिमेन्टस रहेका छन् । कार्यक्रमको प्रायोजकहरुमा बैंकिङ्ग पार्टनर, मुक्तिनाथ विकास बैंक, हस्पिटल पार्टनर नेपाल मेडिसिटि अस्पताल, हस्पिटालिटी पार्टनर सोल्टी क्राउन प्लाजा, सफ्टि हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड रहेका छन् ।

विज्ञापन व्यवसायी, मिडिया तथा विज्ञापनकर्मिको पर्वको रुपमा मनाइँदै आइएको कृति अवार्डको यस वर्षको दशौं कृति अवार्ड २०७५ को मुल समारोह होटल सोल्टि क्राउन प्लाजामा भाद्र ७ गते हुने आयोजक आनले जानाएको छ ।

प्रकाशित : 17 August, 2018

प्रतिक्रिया दिनुहोस्