केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक जोर जुत्ता चोरलाई खोज्न खटिए तिन हजार प्रहरी

सहयात्रा टिभी

एजेन्सी । भदौ–१, जुत्ता चोरलाई पक्राउ गर्न हजारौँ प्रहरी खटिएको सुन्दा हामीलाई एकादेशको कथा जस्तो लाग्न सक्छ । हुन पनि नेपालमा क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा सम्म पत्तो नपाएर सुन काण्डको चर्चा चलिरहेको बेला जुत्ता चोरको पछाडि प्रहरीको घुइँचो लागेको कुरा विश्वास गर्न मुस्किल नै छ । तर यो वास्तविक घटना जापानको हो ।

जापानमा एक जोर जुत्ता चोरलाई पक्राउ गर्न तिन हजार प्रहरी खटिएका छन् । जूनया हिदा नामक जुत्ता चोर प्रहरी चौकीबाट नै भागेपछि उनलाई खोज्न तिन हजार प्रहरी खटिएका हुन् ।

हिदा माथि जुत्ता चोरीको मात्र नभएर बलात्कारको पनि आरोप लागेको थियो । त्यसैले उनलाई गिरफ्तार गरि प्रहरी चौकीको हिरासतमा राखिएको थियो । तर हिदाले प्रहरी चौकीबाट प्रहरीकै जुत्ता चोरेर भागेका छन् ।

२ महिनादेखि प्रहरीको हिरासतमा रहेका ३० वर्षिय हिदाले प्रहरी चौकीबाट प्रहरीकै जुत्ता चोरेर भागेका हुन् । उनलाई खोज्न जापान भर ३ हजार प्रहरी खटेका छन् ।
उनलाई भेट्न प्रहरी चौकीमा उनका वकिल आएको बेला उनको हातको हतकडि खोलिएको थियो । त्यहि मौका पारेर हिदा भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 17 August, 2018

प्रतिक्रिया दिनुहोस्