केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसियन गेम्स : प्याराग्लाइडिङमा नेपालसहित १८ राष्ट्रको सहभागिता

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१, इन्डोनेसियामा शनिबारबाट सुरु हुने १८औँ एसियन गेम्सका विभिन्न खेलहरु मध्ये प्याराग्लाइडिङमा नेपालसहित १८ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन खेल मेलामा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङमा भारत र फिलिपिन्सले सहभागी नहुने भएपछि १८ राष्ट्रहरुले मात्र प्रतिस्पर्धा गर्ने भएका हुन् ।

एसियन गेम्सका विभिन्न खेलहरु मध्ये नेपालले पदकको आशा गरेको खेल भने प्याराग्लाइडिङ नै हो । यो खेल पहिलो पटक एसियन गेम्समा समावेश गरिएको हो ।

प्याराग्लाइडिङमा महिला र पुरुष दुवैतर्फ इन्डिभिजुएल एक्कुरेसी, टिम एक्कुरेसी र टिम क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ । नेपालले पनि यी सबै विधामा प्रतिस्पर्धा गर्नेछ।

प्याराग्लाइडिङमा नेपालबाट ५ पुरुष र ३ महिलासहित ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
इन्डोनेसिया एरो स्पोर्ट्स फेडेरेसन (एपएएसआई) का पव्लिक रिलेसन म्यानेजर टागोर सिएगोनका अनुसार भारत र फिलिपिन्सको ओलम्पिक कमिटीले मान्यता नदिएपछि उनीहरुले भने एसियाड प्याराग्लाइडिङ नखेल्ने निर्णय गरेका हुन् ।

प्रकाशित : 17 August, 2018

प्रतिक्रिया दिनुहोस्