केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहिलो पटक अष्ट्रेलियामा गाइजात्रा कार्यक्रम

सहयात्रा टिभी

एजेन्सी । भदौ–१, गोरखा समाज अष्ट्रेलियाले पहिलो पटक अष्ट्रेलियामा गाइजात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ । हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा ऋषि तर्पणी तथा रक्षा बन्धनसँगै गोरखा समाज अष्ट्रेलियाले अगष्ट २६ तारिकको दिन सिड्नीको टेम्पे पार्कमा गाइजात्रा कार्यक्रम गर्ने तयारी गरेको हो ।

प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भावि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रमको तयारी पूरा भइसकेको छ ।

कार्यक्रममा नेपालका चर्चित हाँस्य कलाकारहरु तथा टेलि चलचित्र मेरी बास्सैका निर्देशकद्धय राजु मास्टर (राजु पौडेल)र बल्छी ध्रुबे (मरिचमान श्रेष्ठ) साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
कार्यक्रमका लागी नेपालबाट जाने कलाकारहरु १८ तारिखमा नै सिड्नी  पुग्ने कार्यक्रम आयोजकले जानकारी गराएको छ ।
उक्त कार्यक्रममा विभिन्न नेपाली खानाका परिकारहरूको स्टल र अन्य व्यवसायिक स्टल पनि रहने छ र यसको तयारी पनि पूरा भैसकेको आयोजकले बताएको छ ।

प्रकाशित : 17 August, 2018

प्रतिक्रिया दिनुहोस्