केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेविसंघको कार्यकाल तीन महिनाका लागी थप

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–३, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिनाका लागी थप गरिएको छ । पार्टीको निर्देशन समितिले १२ औं अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो।

नेविसंघको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ। नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यकाल भदौ २ गते सकिएको थियो।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी नेविसंघको १२औं महाधिवेशन सम्पन्न गर्न तीन महिनाको समयावधि थप गरिएको जानकारी गराएका हुन् ।

प्रकाशित : 19 August, 2018

प्रतिक्रिया दिनुहोस्