केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के एलर्जीबाट पिडित हुनुहुन्छ ? अब अपनाउनुस यी उपायहरु

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–३, एलर्जी प्राय मानिसहरुले भोगीरहेको समस्या हो । जब कुनै पनि कुरा प्रति हाम्रो शरीरले तत्काल प्रतिक्रिया जनाउँछ भने त्यो नै एलर्जी हो । धुलोँधुँवा, हावापानी, खानपान, वनस्पति लगायत अनेक कुराहरुबाट शरीरमा एलर्जी देखिन सक्छ । यो आम मानिसमा त देखिन्छ नै तर बच्चाहरुमा भने अझ बढि रुपमा देखिने समस्या हो । मानिसहरुको शरीरका छाला, रगत, मासु लगायत शरीरको प्रकृतिको कारणले पनि एलर्जी देखिन सक्छ ।

एलर्जी भएमा देखिने लक्षणहरु :

१) घाँटी, चिलाउने, खसखसाउने
२) मुख, अनुहार लगायत शरीरका विभिन्न भाग फुल्ने तथा सुन्निने,
३) नाक चिलाउने, नाकबाट निरन्तर पानी बग्ने तथा नाक बन्द हुने,
४) आँखा चिलाउने, रातो हुने, सुन्निने, पोल्ने वा आँखाबाट पानी बग्ने,
५) उल्टी हुने , पखाला लाग्ने, पेट फुल्ने, हाछिँउ आउने,
६) पेट दुख्ने, पेट बटारिने, टाउको दुख्ने, स्वादमा कमी आउने आदि ।

यी लक्षणहरु देखा परेमा आफुलाई एलर्जी भएको अनुमान लगाउन सकिन्छ । एलर्जीको कुनै प्राकृतिक उपचार छैन् । एलर्जी भएमा डाक्टरको सल्लाह अनुसारको उपचार प्रकृया अपनाउनु पर्छ । विशेष गरेर आफुलाई कुन वस्तु, कस्ता खाद्यपदार्थबाट एलर्जी हुन्छ भन्ने थाहा भएमा ती वस्तुहरुबाट अलग रहेर पनि आफुलाई एलर्जीबाट बचाउन सकिन्छ ।

एलर्जी भएमा निम्नकुराहरुमा ध्यान दिनुपर्छ :

– छालामा एलर्जी भएको छ भने एलर्जी भएको भागमा नकन्याउने,
–शरीरमा हावा खेल्न पाउने गरि शरीरलाई खुल्ला बनाइराख्ने,
–जुन वस्तुबाट एलर्जी भएको हो उक्त वस्तुबाट अलग रहने,
–घर बाहिर हिँड्दा अनुहार कपडाले ढाकेर धुलोधुँवा नहुने गरी हिँड्ने,
–एलर्जी हुने व्यक्तिले शरीरको सरसफाईमा विशेष ध्यान दिने
–बाहिर हिँड्दा सन्सक्रिमहरुको प्रयोग गर्ने आदि ।

प्रकाशित : 19 August, 2018

प्रतिक्रिया दिनुहोस्