केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिया कप छनोटका लागी नेपाली क्रिकेट टोली आज श्रीलंका प्रस्थान

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–४, यहि अगष्ट २९ बाट मलेसियामा हुने एसिया कप छनोट क्रिकेटको लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गर्दैछ। आज सभामुख कृष्ण बहादुर महराले बिदाइ गरेको कप्तान पारस खड्का सहितको क्रिकेट टोली आज दिउँसो मालिन्डो एअरलाइन्सबाट श्रीलंका प्रस्थान गर्ने भएको हो ।

श्रीलंका जाने टोलीमा १४ खेलाडी, म्यानेजर, कोच, फिजियो, ट्रेनर, ब्याटिङ कन्सलट्यान्ट र भिडियो एनालिस्ट सहित २० सदस्य टोली रहेका छन् भने हाल सीपीएल खेलिरहेका सन्दीप लामिछाने उतैबाट मलेसिया जाने भएका छन् ।

श्रीलंकामा एक साता रहने नेपाली टोलीले त्यहाँका स्थानिय टोलीसँग तीन अभ्यास खेल खेल्ने छ । नेपालले पहिलो अभ्यास खेल बुधबार आर्मी क्रिकेट टिमसँग पानागोडामा खेल्ने छ भने दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबँसंग उसैको मैदानमा खेल्नेछ।

नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससँग आइतबार उसैको मैदानमा खेल्ने तय भएको नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन्।
अभ्यास खेल खेलिसकेपछि नेपाली टोली श्रीलंकाबाट अगष्ट २७ मा मलेसिया जाने छ । एसियाका ६ एसोसिएट राष्ट्र सहभागि छनोटबाट विजेता टिम सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ। नेपालले अगष्ट २९ मा ओमनसँग पहिलो खेल खेल्दै एसिया कप छनौट खेल सुरु हुनेछ ।

प्रकाशित : 20 August, 2018

प्रतिक्रिया दिनुहोस्