‘डिस होम फ्रि अफर’ : अव डिस होम जडान सित्तैमा
काठमाण्डौं । भदौ–४, डिजिटल प्रविधि मार्फत ग्राहकहरुमा गुणस्तरीय सेवा प्रदान गरिरहेको डिस होमले ग्राहकहरुमा ‘डिस होम फ्रि अफर’ को नयाँ योजना ल्याएको छ । डिस होमले भदौ १ गतेबाट सिमित समयावधिका लागि डिस होमका ग्राहकहरुले डिस होमको रिचार्ज गर्दा जडान उपकरण निशुल्क प्राप्त गर्ने गरि ‘डिस होम फ्रि अफर’ को सुविधा प्रदान गरेको हो ।
नेपाल सरकारले देशभरका सम्पूर्ण एनालग केवलहरु बन्द गराउँदै गरेको अवस्थामा डिस होमको यो फ्रि अफर डिस होमका नयाँ ग्राहकहरुका निम्ति लाभदायक हुने देखिन्छ । विभिन्न सेवासुविधासहित समय समयमा नयाँ नयाँ अफरहरुमार्फत ग्राहकहरुमा गुणस्तरिय सेवासुविधा प्रदान गर्दै आएको डिस होमको यो अफरले अन्य धेरै नयाँ ग्राहकहरुलाई डिस होमतर्फ ध्यानाकर्षण गराउने छ ।
पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको डिस होम हाल सर्वसाधारणहरुका लागी सेयर जारी गर्ने प्रक्रियामा पनि रहेको छ । डिस होमका आफ्नै लोकप्रिय च्यानलहरु पनि रहेका छन् । यसले ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्ने गर्दछ ।
सरकारले एनालग केवल बन्द गराउन श्रावणबाट अनुगमन सुरु गरेर विभिन्न ठाउँको एनालग केवलहरु बन्द गराइसकेपछि धेरै ग्राहकहरुको ध्यान डिस होममा परेको छ । पछिल्लो समय प्रदेश नं. १ मा डिस होम जडान गर्ने ग्राहकहरुको संख्या ह्वात्तै बढेको देखिएको छ ।
सरकाले एनालग केवल बन्द गराउँदै जानु र डिस होमले ग्राहकहरुमाझ सेवासुविधामा वृद्धि गर्दै जानुले ग्राहकहरु डिस होमप्रति आकर्षित भएका हुन् । डिस होमको पछिल्लो अफर ‘डिस होम फ्रि अफर’ ले अझै बढि ग्राहकहरुको संख्यामा गुणात्मक रुपमा वृद्धि हुने देखिन्छ ।