केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक धनाढ्य व्यक्ति जो आफ्नो फुर्सदको समय शहरको फोहोर टिपेर सदुपयोग गर्छन्

सहयात्रा टिभी

एजेन्सी । भदौ–४, प्राय धनि मानिसहरुले आफ्नो घरको काम गर्न समेत अन्य मानिसहरु राखेका हुन्छन् । उनीहरु विलासी जीवन विताउन चाहन्छन् । तर विश्वमा यस्ता धनि मानिसहरु पनि छन्, जो धनि भएर पनि धनको घमण्ड नगर्नु त छ नै फुर्सदको समयमा शहरको फोहोर समेत सफा गर्छन् ।

यो वास्तविक कहानि चिनका एक धनाढ्य व्यक्तिको हो । चीनको चोङ्किनाका व्यवसायी झोंग कंगरोग आफ्नो खाली समय शहरको फोहोर टिपेर सदुपयोग गर्ने गर्छन् । उनी शहरमा ‘करोडपती फोहोर संकलक’ नामले चिनिन्छन् ।

उनले विगत तीन वर्षदेखि आफ्नो फुर्सदको समयमा शहरको फाहोर टिप्दै आएका छन् । यी व्यवसायीले तीन वर्ष अघि चीनियाँ नयाँ वर्ष मनाउन चीनका हैनान प्रान्त जाँदा एक अवकाश प्राप्त प्राध्यापकले फोहोर टिपिरहेको देखेका थिए । विश्वविद्यालयका ती प्राध्यापकले चार वर्ष अघिदेखि स्थानीय समुन्द्री तटका फोहोर संकलन गरिरहेको थाहा पाएपछि उनको त्यस्तो बानी आफूले पनि अनुशरण गर्ने सोच बनाएर सोहि समयदेखि फुर्सदको समयमा उनी पनि फोहोर टिप्ने काम गर्न थालेको बताउँछन् ।

प्रकाशित : 20 August, 2018

प्रतिक्रिया दिनुहोस्