आज नेप्से परिसुचकमा ८ दशमलव २२ अङ्कको गिरावट

काठमाण्डौं । भदौ–४, आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव २२ अङ्कले घटेको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से आज १ हजार १ सय ९६ दशमलव २९ अंकबाट सुरु भएको बजार ८ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंक कायम भएको हो ।
आज नेप्सेमा १ सय ६० कम्पनीका ३ हजार ६ सय २८ कारोबारबाट ६ लाख ३ हजार १ सय २ कित्ता सेयर किनबेच भई २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा १० करोडले कम हो ।
आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये १ समूहमा मात्र सुधार आएको छ भने अन्य सबै समूहमा गिरावट आएको छ । आज जीवन बिमामा ७५ दशमलव २, निर्जीवन बिमामा ५९ दशमलव ७४ र जलविद्युतमा २३ दशमलव ६३ अंकले गिरावट देखिएको छ ।