केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कसैको घर, कोठा र होटलको कोठा खानतलासी गर्न प्रहरीले पूर्व सूचना दिनुपर्ने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–६, कसैको घर, डेरा, अपार्टमेन्ट, कोठा बासस्थान, लजका कोठा, पाहुना घर वा शिविरको कोठा खानतलासी गर्न प्रहरीले पूर्व लिखित सूचना दिनुपर्ने भएको छ । सरकारले वैयक्तिक गोपनीयता सुरक्षित गर्न ल्याएको विधेयकले यस्तो प्रावधान उल्लेख गरेको हो ।

विधेयकले फौजदारी कसूरको अनुसन्धानमा समेत खानतलासी गर्नुअघि प्रायोजन खुल्ने गरी लिखित सूचना दिनुपर्ने प्रावधान राखेको छ ।

उक्त विधेयकले कुनै व्यक्ति आवास बाहिर पक्राउ परेको अवस्थामा समेत आवासमा खानतलासी गर्न रोक लगाएको छ। तर खानतलासी लिनै पर्ने अवस्थामा भने छुट्टै अनुमति लिएर खानतलासी लिन सकिने प्रावधान रहेको छ।

अनुसन्धानमा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नपाइने पनि उक्त विधेयकमा उल्लेख गरिएको छ ।

व्यक्तिको शैक्षिक योग्यता सम्बन्धि प्रमाणपत्र, चिकित्सकीय इतिहास, नागरिकता, राहदानी, मतदाता परिचयपत्र, बैकिङ कारोबारलाई पनि विधेयकले वैयक्तिक गोपनियता अन्तर्गत राखेको छ। यस्तो गोपनियता सार्वजनिक गरेको हकमा तीन वर्ष कैद वा तीस हजार जरिवाना अथवा दुवै सजाय पनि हुन सक्छ ।

विधेयकले सम्पत्तिको गोपनियता, पारिवारिक गोपनियता, शरीरको गोपनियता र प्रजजन र गर्भावस्थाको गोपनियताको समेत व्यवस्था गरेको छ।

प्रकाशित : 22 August, 2018

प्रतिक्रिया दिनुहोस्