सीपीएलको चौथो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाण्डौं । भदौ–६, क्यारेवियन प्रिमियर लिग (सीपीएल) को चौथो खेलसम्म पनि स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । बुधबार बिहान सम्पन्न खेलमा सेन्ट लुसिया माथिको ७ विकेटको सहज जितमा सन्दीपले महत्वपूर्ण दुई विकेट लिएर उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् ।
दुई ओभर बलिङ गरेका सन्दीपले १३ रन खर्चिएर २ विकेट लिएका थिए । खेलमा उनले डेभिड वार्नरलाई कट एन्ड बोल्ड तथा अहमेद क्वेजलाई आउट गरे
। सीपिएलमा सन्दीपको यो सातौं विकेट हो । यस अघिका खेलहरुमा सन्दीपले ५ विकेट लिइसकेका थिए ।
सेन्ट किट्सले अब शनिबार बिहान बार्वाडोस ट्रिडेन्ससँग खेल्नेछ। त्यसपछिका खेलहरु भने सन्दीपले खेल्न पाउने छैनन् । उनी एसिया कप छनौटका लागी मलेसियामा अगष्ट २९ बाट सुरु हुने खेलमा नेपाली टोलीसँग सामेल हुन आइतबार मलेसिया प्रस्थान गर्ने छन् ।