राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली

काठमाण्डौं । भदौ–६, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र एक आर्कासँगको सहकार्यद्धारा मात्र समृद्ध नेपाल सम्भव हुने बताएका छन् । बकर इदको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता र सहकार्यको अभ्यासबाट मात्र हामीले खोजेको र सोचेको जस्तो समृद्ध मुलुक प्राप्त हुने बताएका हुन् ।
नेपाल बहुधार्मिक, बहुसंस्कृतिक, बहुजातिय, बहुभाषिक मुलुक भएको भन्दै प्रधानमन्त्री ओलीले यस बकर इद पर्वले नेपालीहरुमा राष्ट्रिय एकता र सहकार्यको वातावरण सृजना गर्न थप बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।
बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्छन् । यसपालिको हजमा नेपाली मुस्लिम समुदायबाट एक हजार एक सय नेपालीहरु उपस्थित हुने जानकारी पनि प्रधानमन्त्री ओलीले गराएका छन् ।