केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निन्द्रा आरामको लागी मात्र होइन, स्वस्थ र दिर्घायुको लागी पनि आवश्यक

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–६, मानव जीवनमा निन्द्राको अत्यन्तै महत्व रहेको छ । शरिरलाई चुस्त र दुरुस्त राख्नका निम्ति हामीलाई दैनिक पर्याप्त निन्द्राको आवश्यकता पर्छ । हामीलाई थकाइ लागेपछि आरामको लागी सुत्ने र निदाउने गर्छौँ । निन्द्राले थकाइको समयमा आराम दिने मात्र नभएर शरिर स्वस्थ राख्न र दिर्घायुको लागी पनि महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

त्यसैले प्रत्येक मानिस जतिसुकै व्यस्त भए पनि दैनिक ६ देखि ८ घण्टा निदाउनु जरुरी हुने कुरा चिकित्सकहरुका साथै वैज्ञानिकहरुले समेत निष्कर्श निकालेका छन् । निन्द्रा मानिसको शारिरीक र मानसिक दुवैको स्वास्थ र स्फुर्तिको निम्ति आवश्यक छ ।

निन्द्राको अभावमा हामीमा शारिरीक र मानसिक दुवै किसिमका अनेकौँ समस्याहरु देखिन थाल्छन्, फलस्वरुप हाम्रो दैनिकिमा नै असहजता उत्पन्न हुन थाल्छ ।

अपर्याप्त निद्राले मन अस्थिर बनाउछ र दैनिक गतिविधिमा नै असर गर्छ । अनिद्राका कारण थकान, एकाग्रताको अभाव, दिक्क लाग्ने, तनाब बढ्ने र दैनिक कार्य शैलीलाई नै असर गर्छ ।

६ घन्टाभन्दा कम समय सुत्दा बढी भोक लाग्छ, जसले साढे सात गुणा मोटोपन ल्याउँछ । थोरै सुत्ने मानिसलाई पर्याप्त मात्रामा सुत्ने मानिसको तुलनामा साढे दुई गुणा डायबिटिजको खतरा हुन्छ ।
निन्द्राको अभावमा हामीलाई डिप्रेसन हुने, डायबिटिज, मुटुसम्बन्धी रोग, डिमेन्सिया निम्त्याउँनुका साथै असामयिक मृत्युसमेत हुन सक्छ ।

हामीलाई निन्द्रा पर्याप्त पुगेन भने शरिरको रोग प्रतिरोधात्मक क्षमतामा समेत कमी आई अन्य अनेकौँ रोगहरुको सिकार हुन पुगिन्छ । कम सुत्दा निरन्तर रुपमा स्नायु प्रणाली कमजोर हुँदै जाने र उच्च रक्तचाप तथा हृदयाघातको सम्भावना पनि बढ्ने हुन्छ ।

निन्द्रा स्वास्थ जीवनको निम्ति एक महत्वपूर्ण तत्व हो । पर्याप्त निन्द्राले हामीलाई शारिरीक र मानसिक रुपमा स्फुर्त बनाउने, चुस्तदुरुस्त राख्ने, फुर्तिलो बनाउने, हाम्रो निर्णय गर्न सक्ने क्षमतामा वृद्धि गर्ने साथै दिर्घायु रहन मद्यत पु¥याउँछ । त्यसैले निन्द्राको विषयमा हामीले वेवास्ता नगरि शरिरलाई आवश्यक जति सुत्नु र निदाउनु पर्छ ।

प्रकाशित : 22 August, 2018

प्रतिक्रिया दिनुहोस्