केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रेमिकासँग माफी माग्न शहरभरि होडिङ बोर्ड

सहयात्रा टिभी

एजेन्सी । भदौ–६, प्रेमि प्रेमिकामा झगडा, मनमुटाव भइनै रहन्छ, यो सामान्य कुरा हो । प्रेमिकासँग रिस उठेर प्रेकिकाको हत्या गर्ने वा प्रेकिकाले धोका दिइ भनेर आँफैले आत्महत्या गर्ने गरेका केहि घटनाहरु त हामीले बेलाबेलामा सुन्दै र समाजमा देख्दै पनि आएका छौँ ।

तर रिसाएकी प्रेमिकालाई फकाउन कसैले यति सम्म गर्ला भन्ने कुरा भने हाम्रो कल्पनामा सम्म पनि थिएन् होला । भारतमा एक युवकले आफ्नी रिसाएकी प्रेमिकालाई फकाउन एकै रातमा शहर भरि ३ सय वटा होर्डिङ बोर्ड टाँगेर माफि मागेको घटनाले हाल निकै चर्चा बटुलिरहेको छ । भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका हुन् ।

उनले शहरमा राखेका प्रत्येक होर्डिङ बोर्डहरुमा ‘Shivade, I am Sorry !!’ लेखिएको छ । शहर तथा सञ्चार माध्यमहरु जताततै यस घटनाले चर्चा पाएपछि यस विषयमा प्रहरी प्रशासन समेत गम्भिर बनेको छ । हाल प्रहरीले यस विषयलाई लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

२५ वर्षे ती युवकको यस्तो क्रियाकलाप देखेर केहि मनोविदहरुले भने उक्त युवकको मानसिक सन्तुलन ठिक नभएका कारण उसले यस्तो हर्कत गरेको हुन सक्ने बताएका छन् । कसैले भने प्रेमिका प्रतिको अत्याधिक माया र प्रेमका कारण उसले यस्तो गरेको भनि सकारात्मक प्रतिकृया समेत दिएका छन् ।

यस विषयमा कसैले सकारात्मक सोच राखेका छन् भने कसैले आलोचनात्मक दृष्टिबाट समेत प्रतिकृया दिएका छन् । जे होस ती युवकले गरेको क्रियाकलापले शहर देखि सञ्चार माध्यम, सामाजिक सञ्जालहरुसम्म निकै चर्चा पाइरहेको छ ।

प्रकाशित : 22 August, 2018

प्रतिक्रिया दिनुहोस्