केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक अस्पतालका १६ नर्स एकै पटक गर्भवती

सहयात्रा टिभी

एजेन्सी । भदौ–६, अमेरिकाको ऐरिजोनामा रहेको एक अस्पतालका १६ जना नर्स एकै पटक गर्भवती भएका छन् । ऐरिजोनामा ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ जना नर्स एकै पटक गर्भवती भएका हुन् ।

अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुप मार्फत थाहा भएको बताइएको छ ।

शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा यी नर्सले अस्पतालको क्याफ्टेरियामा खाना खाने गरेको जानकारी गराइएको छ । उक्त क्याफ्टेरियामा खानासँगै ती नर्सहरुलाई सलादमा अचार र ओलिभको व्यवस्था मिलाइदिने गरेको पाइएको छ ।

प्रकाशित : 22 August, 2018

प्रतिक्रिया दिनुहोस्