शेयर बजारमा गिरावट कायमै, आज नेप्से १ दशमलव ४७ अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–६, सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पनि सामान्य गिरावट आएको छ । आज नेप्से स्थिर रहँदा रहँदै १ दशमलव ४७ अङ्क ओरालो लागेको हो ।

आज एक हजार एक सय ८३ दशमलव ८३ अङ्कबाट सुरु भएको बजार १ अङ्कले घट्दै एक हजार एक सय ८२ दशमलव ४२ अङ्क कायम भएको छ ।
आज नेप्सेमा एक सय ५३ कम्पनीका दुई हजार पाँच सय ४६ कारोबारबाट छ लाख ६३ हजार तीन सय ९० कित्ता सेयर खरिदबिक्री भई १६ करोड ९२ लाख ९७ हजार छ सय १५ रुपैयाँबराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा एक करोड रुपैयाँले कम हो ।

आज नेप्सेमा उत्पादनमूलक, जलविद्युत् र निर्जीवन बिमाबाहेक सबै समूहमा गिरावट आएको छ ।

प्रकाशित : 22 August, 2018

प्रतिक्रिया दिनुहोस्