केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२ वर्षको बालकले दिनमा ४० वटा चुरोट पिउन थालेपछि

सहयात्रा टिभी

एजेन्सी । भदौ–७, मानिसहरुलाई प्राय सानै उमेर देखि चुरोट पिउने बानि लागेको हुन्छ । आजभोलि सानासाना स्कुल जाने भाईहरुले समेत चुरोट तानेको देख्दा पनि खास्सै अनौठो लाग्दैन । तर एक जना दुईवर्षका बालकले दिनमा ४० वटा सम्म चुरोट पिउँछन् भन्दा सायदै विश्वास लाग्ला । तर यो वास्तविक घटना हो ।

इन्डोनेशियाका रापी पामुङ्गकास नाम गरेका दुई वर्षका बालकलाई दिनमा ४० वटा चुरोट नभइ हुँदैन् । बजारमा आमाको पसल वरिपरि फालेका चुरोटको ठुटाबाट बानि परेका पामुङ्गकास अहिले चुरोट नभइ रहन नसक्ने भएका छन् ।

उनले चुरोट खान थाले पछि निकै चर्चा पाए । हाल उनलाई चुरोट नखान भनेर सम्झाउने भन्दा पनि चुरोट ल्याएर भेट्न आउनेहरुको भिड नै लाग्न थालेको छ । उनले चुरोट पिएको हेर्न रमाइलो मान्नेहरु चुरोट किनेर सल्काइदिन्छन् र ति बालकलाई तान्न लगाउँछन् । दुई वर्षका बालकले मजासँग चुरोट तानेको देखेपछि आश्चर्यका साथै रमाइलो मानेर मानिसहरु हाँस्ने गर्छन् ।

विगत दुई महिनादेखि रापी चुरोट नखाइ रहन नसक्ने भएका हुन् । उनकी आमाले नै उनलाई आफुले दिनको दुई वट्टा चुरोट किनेर दुई वर्षे छोरालाई दिने गरेको बताएकी छन् । यदि रापीलाई चुरोट नदिने हो भने उसलाई सम्हाल्न निकै गाह्रो हुने बताउँदै चुरोट दिन बाँध्य भएको रापीकी आमाले बताइन् । चुरोट नदिए उसको व्यवहार बदलिनुको साथै उ सुत्न पनि नसक्ने भइसकेको छ । रापीको यो नकारात्मक बानि छुटाउन उसलाई अस्पताल लग्ने सोच बनाएको उनका बाबुआमाको भनाइ छ ।

प्रकाशित : 23 August, 2018

प्रतिक्रिया दिनुहोस्