केपी ओली प्रचण्ड माधव नेपाल एमाले


७७ वर्षपछि भेटियो दोस्रो विश्वयुद्धमा हराएको पर्स

सहयात्रा टिभी

एजेन्सी । भदौ–७, हामीले केहि चिज हरायौँ भने त्यो भेट्ने आशा मारिसकेका हुन्छौँ । माया मारेको सामान केहि गरि भेटिहाल्यौँ भने हामीमा निकै खुसी मिल्छ । हो यस्तै किसिमको तर अनौठो खुसीको महशुस गरिरहेका छन् अमेरिकाको जर्जियामा बस्ने सय वर्षिय रोय रोट्स । उनले आज भन्दा ७७ वर्ष पहिले दोस्रो विश्वयुद्धका बेलामा हराएको आफ्नो पर्स भर्खरै भेट्टाएका छन् । पर्स मात्र होइन पर्समा भएका उनका महत्वपूर्ण कागजातहरु पनि जस्ताको त्यस्तै सुरक्षित भेटिएपछि त अझ रोट्सको मनमा यति बेला हर्सको वर्षात नै आएको छ ।

७७ वर्ष पहिले रोट्स इलेक्ट्रिकल इन्स्पेक्टर थिए उनले हवाइजहाजको जाँच गर्नु पथ्र्यो । रोट्सको पर्स हराउने दिन उनी क्यालिफोर्नियामा थिए । त्यस समयमा दोश्रो विश्वयुद्ध सुरु भइसकेको थियो । उ लगायत अन्य सम्पूर्ण जहाजमा सवारी भइसकेका थिए तर उनले त्यतिबेला मात्र थाहा पाए की उनको पर्स हराइसकेको छ । उनले जहाजमा सवार सबैसँग पर्स भेटियो कि भनेर सोधे तर कसैले पनि पर्स भेटिएको जानकारी दिएका थिएनन् ।

तर उनको पर्स बेलायतको डर्बिसायरस्थित रोयल एयरफोर्समा कार्यरत एडगर वारेन बर्ड्सले भेट्टाएका रहेछन् । उनले पर्ससहित पर्सका सम्पूर्ण सामानहरुलाई सुरक्षित राखे । उनले सुरक्षित राखेको पर्स आफ्नी छोरीलाई पनि सुरक्षित राख्न भनेर दिएका थिए । उनकी छोरीले पनि त्यस पर्सलाई आफ्नी छोरीको जिम्मा लगाएकी थिइनन् । हाल वारेनको मृत्यु भइसकेको छ । उनकी नातिनिले पर्समा भएको सवारी चालक अनुमति पत्र हेरेर सोहि नाम र ठेगाना पत्ता लगाई पर्स रोट्सलाई फिर्ता दिएकी हुन् । हजुरबुवाले भेट्टाएको पर्स नातिनिसम्म सुरक्षित रहँदै आएपछि अन्त्यमा पर्स भेट्टाएको ७७ वर्षपछि नातिनिले उक्त पर्सलाई पर्स धनिकै जिम्मा लगाएकी छन् ।

प्रकाशित : 23 August, 2018

प्रतिक्रिया दिनुहोस्