केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म विरुद्ध महाभियोग लगाए अर्थतन्त्र धराशायी हुन्छ : ट्रम्प

सहयात्रा टिभी

एजेन्सी । भदौ–८, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध महाभियोग लगाइए अमेरिकी अर्थतन्त्र धराशायी हुने बताएका छन् । आफूविरुद्ध महाभियोग लगाइने अनुमान गर्दै ट्रम्पले अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा महाभियोग लगाइए बजार धराशायी हुने र हरेक व्यक्ति गरिब हुने बताएका हुन्।

मङ्गलवार राष्ट्रपतिका पूर्ववकिल माइकल कोअनले ट्रम्पको आदेशमा उनले अमेरिकाको चुनावी कानुन उल्लङ्घन गरेको एउटा अदालतलाई बताएका थिए। तर ट्रम्पले भने सो कुरालाई स्विकार गरिरहेका छैनन् । सोहि अनुसार आफुलाई महाभियोग लगाइन सक्ने अनुमान गर्दै ट्रम्पले पहिलो पटक यस विषयमा खुलेर बोलेका  हुन् ।

तर उनले महान काम गर्ने व्यक्तिलाई कसैले पनि महाभियोग लगाउन नसक्ने पनि बताएका छन् । पत्रकारको मान्यता अनुसार पनि ट्रम्पका विरोधीले नोभेम्बरको मध्यावधी चुनावअघि उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने सम्भावना निकै न्यून छ ।

प्रकाशित : 24 August, 2018

प्रतिक्रिया दिनुहोस्