केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाल नियुक्त

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–८, कांग्रेसको बिधान संशोधन मस्यौदा समितिको सदस्य सचिवमा केशव रिजाल नियुक्त भएका छन् । शुक्रबार बसेको मस्यौदा समितिको पहिलो बैठकले रिजाललाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

सम्भव भए शुक्रबार नै केन्द्रीय समितिको बैठकपछि मस्यौदा समितिको बैठक पनि बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उक्त बैठकमा मुलुकी संहिता, कर, महँगीलगायतका विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए । आजको बैठकमा छिटो बिधान निर्माण गर्ने बारे सदस्यहरुले धारणा राखेका थिए ।

प्रकाशित : 24 August, 2018

प्रतिक्रिया दिनुहोस्