केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वमा एक त्यस्तो पनि देश छ, जहा अल्छी दिवस मनाइन्छ

सहयात्रा टिभी

एजेन्सी । भदौ–८, हाम्रो देशमा अनेकौँ किसिमका अनौठा अनौठा दिवसहरु पनि मनाइने हुँदा कहिले काहिँ व्याङ्ग्यात्मक शैलीमा हामी भन्ने गर्छौँ, नेपालमा एक वर्षको ३ सय ६५ दिनमा ३ सय ६६ वटा दिवस पर्ने गर्छ भनेर । हुन पनि प्रत्येक दिन कुनै न कुनै दिवस परेकै हुन्छ । कतिपय दिवसहरुको नाम त हामीले सुनेका सम्म पनि हुँदैनौँ । तर विश्वमा अल्छी दिवस पनि मनाइन्छ भन्दा हामीलाई विश्वास नलाग्न सक्छ तर यो वास्तविक हो । विश्वमा एउटा त्यस्तो देश पनि छ, जहाँ वर्षको एक दिन अल्छी दिवस मनाइँन्छ ।

कोलम्बियाले हरेक वर्षको एक दिन अल्छी दिवस मनाउँदै आइएको छ । कोलम्बियामा अल्छी दिवस त्यहाँका नागरिकहरुले मात्र नभएर विश्वका विभिन्न मुलुकका नागरिकहरु कोलम्बियामा उपस्थित भई उक्त दिन भव्यताका साथ मनाउने गर्छन् ।

कोलम्बियामा सन् १९८५ देखि नै अल्छी दिवस मनाइँदै आइएको छ । कोलम्बियाका मानिसहरु तनावसँग जुध्नका लागि अल्छी दिवस मनाउने गरेका हुन् । यस वर्षको अल्छी दिवस गत आइतबार मात्र मनाइएको छ ।

उक्त दिन सम्पूर्ण मानिसहरु विस्तारा बोकेर सडकमा पुग्छन् र दिनभर सडकमा नै ओछ्यान लगाइ सुतेर अल्छी दिवस मनाउँछन् । यस वर्षको अल्छी दिवसका अवसरमा कोलम्बियाको इतागुई सहरमा हजारौँ मानिसहरुको भिड थियो । सम्पूर्ण मानिसहरुले सडकमा सुतेर अल्छी पना व्यक्त गर्दै उक्त दिवस मनाएका थिए ।

आज भन्दा ३३ वर्ष पहिले इतागुई सहरका एक बासिन्दा मारिएका थिए । उक्त बासिन्दा मारिएको दिन सहरबासिहरुले आराम गरुन भनेर सो दिनलाई अल्छी दिवसको रुपमा घोषणा गरि मनाउन थालिएको पाइएको छ । अल्छी दिवसको दिन विभिन्न किसिमका प्रतियोगीताहरुको समेत आयोजना गरिन्छ ।

प्रकाशित : 24 August, 2018

प्रतिक्रिया दिनुहोस्