केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कलंकीको जस्तो ‘अण्डरपास वे’ बानेश्वर र कोटेश्वरमा पनि बन्ने

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–८, चीन सरकारको सहयोगमा कलंकी चोकमा निर्माण भएको जस्तै अण्डरपास वे बानेश्वर र कोटेश्वरमा पनि बन्ने भएको छ । बानेश्वर र कोटेश्वरमा पनि अत्याधिक सवारी चाप हुने भएकाले यी ठाउँहरुमा पनि अण्डरपास वे निर्माण प्रक्रिया अघि बढाइएको हो ।

सडक विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ। डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भइरहेको छ । ति छनौट भएका कम्पनिहरुले छ महिनामा अण्डरपासको डिजाइन तयार गर्ने सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

प्रस्तावित अन्डरपास चार वर्षभित्र नै तयार गर्ने योजनाका साथ डिजाइन तयार गर्ने कम्पनी छनौट गर्न लागिएको सडक विभागले जनाएको छ ।

पर्यटन मन्त्रालयले विमानस्थलमुनिबाट अन्डरपास निर्माण गर्न नदिने बताएपछि कोटेश्वरमा बन्ने अण्डरपास भने अन्योलमा परेको छ ।

प्रकाशित : 24 August, 2018

प्रतिक्रिया दिनुहोस्