केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यो साता भरिनै सेयर बजारमा गिरावट, कारोबार र परिसूचक दुबै घट्यो

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–८, अघिल्लो महिनाको अन्तिम साता एकाएक चमक देखिएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता भने परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सातामा नेप्से परिसूचक ३२ दशमलव ८२ अङ्कले घटेको छ भने कारोबार रकम १७ दशमलव ८४ प्रतिशतले घटेको छ ।

साताभरि लगातार घटेको नेप्से फेरि एक हजार दुई सय अङ्कबाट तल झरेको छ । यो साता एक सय ८५ कम्पनीको ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँको कारोबार भयो ।

सातामा सबैभन्दा बढी एनएमबी बैङ्कको छ करोड ६१ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी एनएमबी बैङ्ककै दुई लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् भने नेपाल लाइफ इन्स्योरेन्सको पाँच सय ७९ पटक सेयर कारोबार भएको छ ।

प्रकाशित : 24 August, 2018

प्रतिक्रिया दिनुहोस्