केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज क्वाँटि खाँदैहुनुहुन्छ ? जानिराख्नुस् यसका फाइदाहरु :

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१०, नेपालीहरुको प्रत्येक चाडपर्वमा कुनै न कुनै खानेकुराको विशेष महत्व हुन्छ । त्यसैगरि आज जनैपूर्णिमाको दिन क्वाँटि बनाएर खाने चलन छ । क्वाँटि विभिन्न किसिमका गेडागुडि मिसाएर पकाइने एक झोलिलो खानेकुरा हो । क्वाँटि मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीहरुको मिश्रणलाई केहि दिन अघिबाट नै भिजाएर टुसा उमारि पकाएर तयार गरिन्छ ।

क्वाँटी विशेष गरि नेवारी परिकार हो । क्वाँटि खाने चलन पनि नेवारजातिकै प्रचलन हो तर पछिल्लो समय अन्य समुदायमा पनि क्वाँटि खाने प्रचलन बढ्दै गएको देखिन्छ ।

हाम्रो शरिरलाई दैनिक सन्तुलित आहारको आवश्यकता पर्छ । सन्तुलित आहार अन्तर्गत टुसा पलाएका गेडागुडीको झोल पहिलो प्रथमिकतामा पर्छ । तर हामीलाई गेडागुडी भिजाएर टुसा उमारि पकाएर खान त्यति जाँगर चल्दैन । त्यसैले वर्षको एक पटक भए पनि शरिरमा आवश्यक सन्तुलित आहार प्राप्त होस भन्ने उद्देश्यले संस्कृतिको रुपमा क्वाँटि बनाएर खाइन्छ ।

धेरैथरी गेडागुडी मिसाउँदा गेडागुडीमा भएका पचाउन नसकिने तत्वहरु आफै हराएर जान्छ । अझ टुसा उमार्दा गेडागुडीमा पाइने भिटामिन सी, आइरन, फोनिक एसिडको मात्रा बढेर जान्छ । एकै पटकमा धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा हाम्रो शरिरलाई पचाउन गाह्रो हुन्छ तर गेडागुडीमा टुसा उमारेपछि त्यसलाई पचाउन पनि सहज हुन्छ । क्वाँटि बनाउँदा ज्वानो पड्काउने गरिन्छ । यसरी ज्वानो पड्काउँदा शरिरलाई मजबुद बनाउन आवश्यक क्याल्सियमको मात्रा पनि बढ्ने गर्छ । त्यसैले क्वाँटिमा गेडागुडीका साथै ज्वानोलाई पनि जोडिन्छ ।

क्वाटिँका केहि फाइदाहरु यसप्रकार छन् :

१) क्वाँटिले शरिरलाई आवश्यक उर्जा तत्कार प्रदान गर्छ,
२) यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँन मद्यत गर्छ,
३) क्वाँटिले मांशपेशीको मर्मत संभारमा मद्यत गर्छ,
४) क्वाँटि मधुमेह र पायल्सका विरामीहरुको निम्ति फाइदाजनक हुन्छ,
५)यसले रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पु¥याउँछ,
६) यसले कब्जियतको समस्या हुन दिँदैन्,
७) क्वाँटि रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत फाइदाजनक हुन्छ,
८) यसले कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ,
९) क्वाँटिले स्मरणशक्ति वृद्धि गराउँछ,
१०) यसले बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्‍याउँछ,

क्वाँटि एक पौष्टिक आहार हो । तर पौष्टिक तत्व मिल्छ र मिठो भयो भन्दैमा यो बढि खानु पनि स्वास्थ्यको निम्ति हानिकारक हुन्छ । क्वाँटि सिमित मात्रामा मात्र सेवन गर्नुपर्छ । क्वाँटि बढि भयो भने शरिरमा युरिक एसिड बढ्ने, मिर्गौलामा समस्या हुने हुनसक्छ ।

प्रकाशित : 26 August, 2018

प्रतिक्रिया दिनुहोस्