केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घोडासहित ट्रेनमा चढेपछि

सहयात्रा टिभी

एजेन्सी । भदौ–१०, मानिसहरुले आफ्नो सोखको लागी घरमा कुकुर, विरालो, विभिन्न प्रकारका चराचुरुङ्गी, घोडा लगायतका जनावरहरु पान्ने गर्छन् । कतिपय मानिसहरुले आफ्ना ति घरपालुवा जनावरलाई आफुसँगै हिडाउने गर्छन् । कुकुर, विरालो, सुँगा लगायतका सानासाना जनावरहरुलाई त आफुसँगै हिडाउनु सहज नै हुन्छ । कुकुर, विरालो, सुँगा लगायतका घरपालुवा जनावरहरुलाई साथमा लिएर हिँडेका मानिसहरु त हामीले सामान्य रुपमा देखिनै रहेका हुन्छौँ । तर विश्वमा एउटा त्यस्तो घटना पनि सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नो घरपालुवा घोडालाई साथमा लिएर मात्र हिँडेनन् उनी घोडासँगै ट्रेनमा समेत चढेका छन् ।

गत बुधबार अष्ट्रियामा एक व्यक्ति आफ्नो फ्रिडा नामको घोडासँगै ट्रेनमा चढेका छन् । घोडालाई नै लिएर ट्रेनमा चढेको देखेपछि ट्रेनका सम्पूर्ण मानिसहरु निकै आश्चर्यमा परेका थिए । यो अनौठो दृश्यले सबैलाई अचम्मित तुल्यायो र केहि समयपछि ट्रेनका अन्य मानिसहरुले घोडा सहितको उक्त व्यक्तिको फोटो खिचेर सामाजिक सञ्जालमा हालेपछि भने यो घटना विश्वव्यापि रुपमा चर्चित बनेको छ ।

तर घोडासहित ट्रेनको यात्रा गर्ने ती व्यक्तिको इच्छा भने लामो समयसम्म रहन सकेन किनभने ट्रेनमा घोडालाई यात्रा गराउनु निकै जोखिमपूर्ण कार्य भएकाले ट्रेन सञ्चालकहरुले त्यो जोखिम लामोसमयसम्म उठाउन चाहेनन् । ट्रेनमा एक्कासि ब्रेक लगाउनु पर्दा घोडाले दिने प्रतिक्रिया खतरनाक हुन सक्ने, ट्रेनमा नै घोडा उफ्रिएमा, चलिरहेमा, ब्रेक लगाउँदा तर्सिएमा खतरा हुने भएकाले धेरै बेरसम्म उक्त घोडाले ट्रेनको यात्रा गर्न भने पाएन् । ट्रेनमा दुई स्टेन सम्म घोडासहित यात्रा गर्न पाएका ति व्यक्तिलाई दुई स्टेनपछि भने विविध समस्या र खतराहरु देखाइ ट्रेनबाट ओर्लन आग्रह गरिएको थियो ।

प्रकाशित : 26 August, 2018

प्रतिक्रिया दिनुहोस्