आज शेयर बजारमा २ अंकको गिरावट

सहयात्रा टिभी

काठमाण्डौं । भदौ–१०, सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो दिन आइतबार दुई दशमलव ७८ अङ्कले घटेको छ । आज १ हजार एक सय ७८ दशमलव ५० अङ्कबाट सुरु भएको बजार २ अङ्कले घट्दै १ हजार एक सय ७५ अङ्कमा आएको हो ।

आज एक सय ४६ कम्पनीका दुई हजार पाँच सय ७५ कारोबारबाट छ लाख नौ हजार दुई सय २५ कित्ता सेयर किनबेच भई २० करोड ५५ लाख ५८ हजार छ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कारोबार भएका नौ परिसूचक घट्दा उत्पादनमूलक समूहमा भने सुधार आएको छ । आज नेप्सेमा उत्पादनमूलक १४ दशमलव १७ अङ्कले बढेको छ । उत्पादनमूलक बाहेकका अन्य सबै समूहमा गिरावट आएको छ भने आज व्यापार समूहको कारोबार भएन ।

आज सबैभन्दा बढी निर्जीवन बिमा ४२ दशमलव ४८ अङ्क, लघुवित्त १२ दशमलव ६२ तथा विकास बैङ्क ११ दशमलव ५ अङ्कले ओरालो लागेका छन् भने अरु समूहको सूचक एकल अङ्कले घटेको छ ।

प्रकाशित : 26 August, 2018

प्रतिक्रिया दिनुहोस्