केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुई सय सर्पसँग बस्ने मानिस

सहयात्रा टिभी

एजेन्सी । भदौ–१०, हामीलाई सर्प भन्ने वित्तिकै डर लाग्छ । सर्पलाई नजिकबाट हेर्नु त परकै कुरा हो टेलिभिजनमा देख्दा पनि मानिसहरु डराएर आँखा चिम्लने गर्छन् । बच्चाहरुलाई डर देखाउनु प¥यो भने पनि सर्पकै नाम लिने गरिन्छ । यति भनि रहँदा सर्पलाई निकै खतरनाक जिवको रुपमा व्याख्या गरेको महशस हुन्छ, सर्पका छेउमा त कोहि पुग्नै सक्दैन होला भन्ने भान पनि हुन्छ ।

तर विश्वमा एक यस्ता मानिस पनि छन्, जो दुई सय वटा सर्पहरुसँग बस्ने गर्छन् । भारतको छत्तिसगढस्थित बिलासपुर नजिकै रहेको पेड्राका बासिन्दा द्वारका कोलले २ सय सर्प पालेर बसेका छन् । उनले घर नजिकै सर्प पाल्नकै लागी अर्को घर बनाएर बसेका छन् ।

उनले कोब्रा तथा करेटलगायतका दुई सय जति खतरनाक सर्पहरु पालेका छन् । उनी आम्दानीका लागी नभएर सौख पुरा गर्न मात्र सर्प पक्रने र पाल्ने गर्छन् ।

पछिल्लो २१ वर्षमा उनले ५ हजार भन्दा बढि सर्प पक्रिसकेका छन् । उनको यो सर्पसँगको संगतमा उनलाई हालसम्म सात पटक सर्पले डसीसकेको छ । उनी चार पटक सम्म त मरेर नै बाँचे बराबर भएको थियो ।

सर्पसँगको लामो संगतले उनी हाल सर्पको विज्ञ नै बनिसकेका छन् । कुनै मानिसलाई सर्पले डसेमा कुन सर्पले डसेको हो, उसमा कस्तो विष लागेको छ उनी सजिलै पत्ता लगाउन सक्छन् । हाल उनी डाक्टरहरुको समेत सहयोगी बन्न पुगेका छन् । स्थानिय स्वास्थ्य चौकिमा कुनै सर्पले डसेका विरामी आएमा कुन सर्पले डसेको हो र उसमा कस्तो प्रकारको विष छ भन्ने पत्ता लगाउन कोललाई नै बोलाउने गर्छन् ।

प्रकाशित : 26 August, 2018

प्रतिक्रिया दिनुहोस्