केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी यात्रा कायम

सहयात्रा टिभी

एजेन्सी । भदौ–११, स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी यात्रा कायमै राखेको छ । आइतबार राती सम्पन्न खेलमा रियल मड्रिडले जिरोनालार्यलाई ४–१ ले हराउँदै जित हात पारेको हो ।

खेलमा अग्रता क्याटालान टोलीले लिएको थियो । खेलको १६ औँ मिनेटमा बोर्जा गार्सियाले १२ यार्ड टाढाबाट गोल गर्दै जिरोनालाई अग्रता दिलाए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा रियल मड्रिडले दोस्रो हाफमा थप तीन गोल गर्‍यो। खेलको ५२ औं मिनेटमा  करिम बेन्जिमाले पेनाल्टीमार्फत पुनः अर्को गोल थप्दै खेलमा २-१ को अग्रता लियो ।

खेलको ५९ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टिमको अग्रता अझै फराकिलो बनाए। ८० औं मिनेटमा बेन्जिमाले अर्को गोल थपेपछि रियल मड्रिड ४–१ ले विजयी भयो।

प्रकाशित : 27 August, 2018

प्रतिक्रिया दिनुहोस्